प्राधिकरणको महानिर्देशकमा पोखरेल


काठमाडौं, (नेस)
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका उपमहानिर्देशक पदमा कार्यरत पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे कार्यकाल जेठ १३ गते सकिएपछि उक्त पद खाली थियो । रिक्त पदमा पोखरेलले कार्यबहाकका महानिर्देशकको भूमिका निर्वाह गर्दै आउनु भएको थियो । पा“च जना उपमहानिर्देशक रहेका प्राधिकरणमा पोखरेल जेष्ठता र कार्य सम्पादनमा पहिलो हुनुहुन्थ्यो ।

२०४७ सालमा पोखरेलमा प्राविधिक अधिकृतका रुपमा हवाई विभागमा प्रवेश गर्नु भएको थियो । महानिर्देशकको कार्यकाल ४ वर्षको भए पनि पोखरेलले भने करिब २ वर्ष प्राधिकरणको नेतृत्व गर्नुहुनेछ ।