निगमलाई जहाजको मर्मतको स्वीकृति


काठमाडौं, (नेस)
नेपाल वायु सेवा निगमले नेपाल नागरिक उडड्यन प्राधिकरणमा पार्ट १४५ को स्वीकृति प्राप्त गरेको छ । पार्ट १४५ भन्नाले जहाजको मर्मत सम्भार गर्ने संस्थालाई दिइने एक प्रकारको प्राविधिक स्वीकृति हो ।

अबदेखि ए ३३० को लाइन मर्मतको काम स्वयम् नेपाल वायुसेवा निगमले नै गर्नेछ । लाइन मर्मत कार्य भन्नाले जहाजको मर्मत सम्भार अप्रोनमा गर्ने स्त्तरोन्नतिको कार्यलाई बुझिन्छ ।

यसमा जहाज उड्नु अघि र अवतरणपछिको अनुगमन र मर्मत पनि पर्दछ । हाल यसका निगमले बीसीटी नामक संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्थास“ग सम्झौता गरेको थियो । जुलाई २०१९ देखि यो कार्य निगमका इन्जिनियरमार्फत हुनेछ । यसले गर्दा निगमको मासिक ५०–६० लाख रकम देशबाट बाहिरीने अवस्थाको अन्त्य हुने र नेपाली जनशक्तिले थप अवसर प्राप्त गर्ने निगमले जनाएको छ ।