घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैन: कानुनमन्त्री


बुटवल, (नेस)
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्वदेशी मदिरा उद्योगलाई बढवा दिनुपर्ने बताउनु भएको छ ।

मदिरा व्यवसायी महासंघ प्रदेशद्वारा शनिबार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री केसीले विदेशी आयातित मदिरालाई निरुत्साहित गर्दै स्वदेशी मदिरा उद्योगलाई बढवा दिनुपर्ने बताउनुभयो । विदेशी मदिराको अत्याधिक आयात बढेको भन्दै मन्त्री केसीले घरेलु मदिरालाई गुणस्तरयुक्त बनाउन सुझाव दिनुभयो । उहा“ले प्रदेश सरकारले कानुन निमार्णको काम गरिरहेको भन्दै स्वदेशी मदिरा उद्योगलाई प्रोत्साहन गरिने बताउनुभयो ।

उहा“ले घरेलु मदिरा संस्कारसं“ग जोडिएको भन्दै घरेलु मदिरालाई प्रतिबन्ध नलगाई विविधतायुक्त मदिरा बनाउन आग्रहसमेत गर्नुभयोे । उहा“ले टिमुर, स्याउ, अदुवा जस्ता विभिन्न स्वादका घरेलु मदिरा बनाएर विदेशीलाई स्वाद चखाउन सके नेपाली उद्योगको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले घरेलु मदिरा नियन्त्रण गर्न माग गर्नुभयोे । उहा“ले बिक्रीका आधारमा मूल्य अभिवृद्धि कर लगाउनुपर्ने बताउनुुभयो ।

उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले कानुनमा वर्षमा चारपटक गरी २० लिटर मात्र घरेलु मदिरा बनाउनुपर्ने नियम भए पनि यसैका आधारमा अवैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको बताउनुभयो ।

आन्तारिक राजस्व कार्यालय बुटवलका कर अधिकृत हिमाल गौतमले राज्यले मदिरा व्यवसायीलाई गलत दृष्टिले नहेरेको स्पष्ट पार्दै अवैध मदिरलाई करको दायरामा ल्याउन व्यवसायीको सहयोग चाहिने बताउनुभयो ।

मदिरा व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष गिरीराज पौडेलेको अध्यक्षता, प्रदेश सचिव चिरञ्जीवी राउतको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बरालको स्वागतमा कार्यक्रम भएको थियो ।