एउटै गाउँमा सवा डेढ करोडको काँक्रोको बीउ उत्पादन

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत । पर्वत जिल्लाको फलेबास नगरपालिका वडा नं ११ मा पर्ने सानो गाउँ कर्नासमा यस बर्ष सवा करोड मुल्यको काक्रोको बीउ उत्पादन गरेका छन ।

व्यवसायीक रुपमा बीउ उत्पादन गर्दै आएका एक सय घर धुरीले एक करोड २० लाख भन्दा बढी मुल्य पर्ने काक्रोको बीउ उत्पादन गरेका हुन । एक दशक भन्दा पहिले देखि बीउ उत्पादन आएको कर्नासमा कृषकले खेतमा फलाउने सुन जस्तै पहेला काक्रो कै कारण ‘सुन फलाउने गाउँ’ को रुपमा परिचित छ ।

कर्नासका कृषकहरुले यस बर्ष ४ टन भन्दा बढी काक्रोको बीउ उत्पादन गरेको स्थानिय कृषक बाबुराम भुसालले जानकारी दिनुभयो । गत बर्ष झण्डै ५ टन उत्पादन गरेपनि अहिले ४ टन उत्पादन भएको उहाँको भनाई छ । कृषकले गत बर्ष गाउँमा डेढ करोड रुपैया भित्र्रयाएका थिए भने यस बर्ष सवा करोड रुपैया भित्र्याउने लक्ष्य राखेका छ । ‘यस बर्ष गत बर्ष भन्दा केही उत्पादन घटेको छ’ उहाँले भन्नुभयो ‘उत्पादन घटेपनि सवा करोड गाउँमा भित्रने कुरामा ढुक्क छौ’ स्थानिय कृषकहरुले भक्तपुर लोकल जातको काक्रोको बीउ लगाउँदै आएका छन ।

कर्नासमा रहेको नारायणस्थान बीउ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले यस उत्पादित बीउ भने बिक्री गर्न पाएका छैनन । गत बर्ष कृषकले ब्यापारी संग अग्रिम सम्झौता गरेर बीउ उत्पादन गरेपनि यसपटक सम्झौता भएको छ । ‘बीउ उत्पादन र खरिद गर्ने सहमति भएपनि अहिले सम्म बिक्री भएको छैन’ सहकारीका सदस्य समेत रहनुभएका भुसालले भन्नुभयो ‘भदौ लागेपछि बिक्री गर्ने भनेर थन्क्याएका छौ’ । कृषकले काठमाण्डौ कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन । एक किलो बीउको ३ हजार रुपैँयाका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन । यसपटक ब्यापारीले मुल्य घटाउने खोजेका कारण उनीहरु पछि बीउ बिक्री गर्ने योजनामा छन ।

काक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाब नभएको कषक भुसालको दाबी छ । नेपालमा ७ टन भक्तपुर लोकल जातको काक्रोको बीउको माग छ । मुलुकभरको माग मध्ये एउटै गाउँले ५ टन उत्पादन गर्छ । ‘नेपालभर माग हुने बीउँको दुई तिहाई भन्दा बढी हिस्सा एउटा गाउँले नै पुरा गर्दै आएका छौ’ कृषक भुसालले भने । कर्नासमा कृषकहरुले काक्रोको बीउ उत्पादनबाट घटीमा एक लाख देखि बढीमा ७ लाख ५० हजार रुपैया सम्म एउटा घरमा भित्रने गरेको छ । माघ महिनामा काक्रो रोपे देखि जेठमा बीउ निकाल्ने ५ महिनामा एउटै परिवारले ७ लाख सम्म भित्र्याउन सकेका छन ।