प्रदेश नं. ३ को नाम नेवा, तामासालिङ हुनुपर्छ नत्र लडाई हुनसक्छ: रोका

0
Shares

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको पनि समर्थन

बुद्ध नेपाली, सिन्धुली । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष नविन रोकाले प्रदेश नं. ३ को नाम नेवा तामासालिङ राख्नुपर्ने माग गरेका छन् ।

शुक्रवार सिन्धुलीको सुनकोशी गाउपालिका ५ रामटारमा सम्पन्न नेपाल आदिवासी जनजाती महासंघ सुनकोशी गाउपालिका समन्वय परिषद्को प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रोकाले यस्तो बताएका हुन् ।

उनले प्रदेश नं. ३ लाई नेवा तामासालिङ नामाकरण गरेर यहाँको रैथाने जनताको ईतिहासलाई सम्मान गर्न प्रदेश नं. ३ का सांसद र नेपाल सरकारलाई आग्रह गर्दै यदी नेवा तामासालिङलाई मेटाएर अन्य कुनै फरक भुगोल र धर्मको नाममा प्रदेश ३ को नामकरण भएमा जनता र सांसद्विचको लडाई सुरु हुने चेनतावनी समेत दिए । ‘तामासालिङ र नेवाका प्राचिन जातीले आफ्नो पसिना र रगत खर्चेर निर्माण गरेको ऐतिहासिक ईतिहास र सभ्यताको नाम हो तामासालिङ र नेवा, तामासालिङ र नेवालाई इन्कार गर्नु भनेको यहाँका तामाङ र आदिवासी जनतालाई तिमीहरु नेपालका जनता नै हौईनै मरेका मान्छे भन्नु हो’ । उनले भने ।

उनले राज्य सत्ता र राजनितिका बारेमा आदीवासी जनताले बुझ्न नसक्दा आदिवासी जनजाती राज्यको अधिकारबाट बन्चित भएको भन्दै अव बहुसंख्यक आदिवासी जनताले राज्य सत्ता र राजनितिलाई बुझेर दिल दिमागमा राख्न आग्रह गरे ।

उनले आदिवासी जनजाती अति जातीवादी चिन्तनले दंगले कुनै पनि हालतमा अगाडी बढ्न नहुने धारणा राखे । नेपालमा आदिवासी जनताले धेरै लामो समय देखि आफ्नो अस्तित्वका लागी लडेको र आदिवासी जनताको अन्दोलन र लडाईलाई जात विशेषको भन्ने आरोप लागेको भएपनि त्यसमा कुनै सत्यता नभएको उनको भनाई छ ।
उनले लोकसेवा आयोगले आरक्षणको व्यवस्थालाई कटाएर स्थानिय तहमा कर्मचारी भर्ना गर्न गरेको विज्ञापन प्रति नेपाल आदिवासी जनजाती महासंघको घोर आपत्ती रहेको बताए ।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का सांसद लेखनाथ दाहाल राजनले महिला, दलित, जनजाती आदिवासी, मधेशी, मुस्लीम, उपेक्षित उत्पीडीत लगाएत सवैका अधिकार संविधानमा लेखिएको भन्दै अवको समयमा जनजातीहरुको संगठन संविधानको सफल कार्यान्वयनका लागी हुनुपर्ने बताए ।
उनले प्रदेश नं. ३ को नाम नेवा तामसालीङ राख्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए ।