डुङ्गेश्वर गाउँपालिकाको मोवाइल एप्स, सबै सूचना एकै ठाउँबाट

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले मोवाइल एप्स संचालनमा ल्याएको छ । गाउँपालिकाको सबै सूचना एकै ठाउँबाट हेर्न सक्ने गरी मोवाइल एप्स संचालनमा ल्याएको हो । गाउँपालिकाका गतिविधि, सुचनाका साथै गाउँपालिकाका योजनाहरुको अवस्थाबारे जानकारी दिने उद्देश्यले यस्तो प्रविधिको शुभारम्भ गरिएको हो ।

पारदर्शी र उत्तरदायी स्थानीय सरकारको निर्माण तथा जनताको सुसूचित हुने अधिकारको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यस्तो प्रविधिको शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले बताउनुभयो । अध्यक्ष मल्लले सुशासन र पारदर्शिताका लागि एउटा प्रयास भएको उल्लेख गर्नुभयो ।

एन्ड्रोइड मोवाइलमा प्यले स्टोरमा गाउँपालिकाको नाम टाइप गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत नन्दराज रेग्मीले बताउनुभयो । गाउँपालिकाका सबै गतिवीधी एप्सबाटै सार्वजनिक गरिने सुचना प्रविधि अधिकृत रेग्मीले बताउनुभयो ।

एप्स मार्फत गाउँपालिकाका सम्पुर्ण सुचना तथा जानकारीहरु, आफुले लिने सेवाबारे जानकारी लिन सकिनेछ । साथै सुझाव, सल्लाह तथा गुनासोहरु राख्न सकिनेछ । गाउँपालिकाको वेभसाइट यस अघि नै संचालनमा आईसकेको छ ।