त्रासदी मच्चाएको पर्वतको लस्दीखोलामा तटबन्ध बन्दै, स्थलगत निरीक्षणमा अध्यक्ष तिमिल्सिना

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
गतबर्ष साउन १ गते राती लस्सीखोलामा आएको बाढी पहिरोले कटान गरेको पर्वतको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्तीखोला नियन्त्रण कार्यको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अवलोकन गर्नुभएको छ ।

गृह जिल्ला पर्वत आउनु भएका अध्यक्ष तिमिल्सिीनाले लस्ती खोला संरक्षणका लागि भैरहेको तटबन्ध निर्माण कार्यको स्थलगत रुपमा निरीक्षण गर्नुभएको हो ।

लस्दीखोलाको कटानबाट दर्जन घर बिस्थापित भएका थिए भने खोलाका कारण लस्तीबजारका १ सय २० भन्दा धेरै घर जोखिममा परेका थिए । गएको बर्षा याममा रातको समयमा सुरक्षित स्थानमा गएर बस्दै आएका थिए ।

लस्तीखोलामा निर्माण भैरहेको तटबन्ध अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले खोलाको प्राकृतिक वहाबलाई नरोक्ने गरि बस्ती र जमिन सुरक्षित बनाउन तटबन्ध बनाउन सुझाब दिनुभयो । उहाँले खोलाको प्राकृतिक बहाबलाई रोक्ने गरि साँघुरो बनाउँदा भबिश्यमा अझै बढी धनजनको क्षति हुने तर्फ स्थानियबासीलाई सचेत समेत गराउनुभयो ।

लस्ती खोला नियन्त्रणका लागि निरन्तर पहल गर्दै बजेट बिनियोजनमा समेत भूमिका खेल्नुभएका अध्यक्ष तिमिल्सिनाले बजेटको सही सदुपयोग गर्न र आफ्नो घरबस्ती सुरक्षित बनाउन भैरहेको तटबन्ध निर्माण कार्यको अनुगमन गर्न पनि प्रभाबित क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाकै पहलमा लस्ती खोला नियन्त्रणका लागि झण्डै १ करोड रुपैया बिनियोजन भएको छ ।

गत बर्ष लस्ती खोलामा आएको बाढी पहिरोले क्षति पु¥याएपछि जिल्ला दैबीप्रकोप उद्धार समितिल जिल्ला बिपद् ब्यबस्थापन समितिको हालै बसेको बैठकले खोलाको कटान नियन्त्रण गर्नका लागि ३ करोड ५० लाख ९० हजार रुपैया माग गर्ने निर्णय गरेको थियो ।

यसैगरी बाढी र पहिरोले क्षति पु¥याएको लस्ती फर्से सिंचाई लगायतका सिंचाई योजना मर्मतका लागि ३१ लाख १८ हजार रुपैया माग गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भाबी जोखिम नियन्त्रणका लागि नदी लागि तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा संघीय सरकारको भौतिक पुर्वाधार बिकास र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा उक्त रकम माग गर्ने निर्णय भएको थियो ।