मकवानपुरमा विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ बेहोस

0
Shares

रोशन पराजुली, मकवानपुर ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् ।

तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

च्याउ खाँदा उनका बुबा ४५ वर्षका दीपबहादुर, दाई १८ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएको स्थानीयले जनाएका छन् ।

उनीहरुलाई ‘दिगो विकासका लागि एकता नेपाल’ नामक गैरसरकारी संस्थाको पहलमा हेलिकप्टरबाट आउने तयारी भएको स्थानीय बताएका छन् ।