सिन्धुलीमा बस दुर्घटनाः ११ जना घाईते, २ को अवस्था अत्यान्तै नाजुक

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा यात्रुबाहक उईङगर गाडी दुर्घटना हुदाँ ११ जना यात्रु घाईते भएका छन् ।

सिन्धुलीबाट काठमाण्डौं तर्फ जांदै गरेको ना.१.ज.५३०१ न.को उईङगर गाडी गोलन्जोर गाउपालिका – ५ छब्बिस किलो भन्ने ठाउँमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाईते ११ जना मध्ये दुई जनालाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । अरुको खुर्कोटको स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
गम्भीर घाइते कमलामाई नगरपालिका ४ का समुन्द्र श्रेष्ठकी ३४ वर्षीया श्रीमती सैलिना श्रेष्ठ र उनको ८ वर्षीय छोरा युवन श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि सिम्रिक एयरको नाईनएन एएनवीको हेलिकप्टरमार्फत लिगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी सिन्धुली कमलामाई नगरपालिका –३ बस्ने बर्ष २५ का नबराज बम्जन, कमलामाई नगरपालिकाको रानिखोला बस्ने बर्ष ४० की खिलमाया गुरुङ छातिमा चोट लागी गम्भिर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो ।

माझीटार बस्ने बर्ष २९ कि संगिता तामाङ. सोही ठाउँ बस्ने बर्ष ५५ कि देबिका बस्नेत, सर्लाही घरभएका बर्ष ६२ को सुरेश साह सोही ठाउँका बर्ष ५६ को भोजराज भण्डारी, कमलामाई नगरपालिकाको ढकाल गांउ बस्ने बर्ष ५६ कि सुकुमाया बिशङखे, कमलामाई नगरपालिका.४ ढुङ्ग्रेबास बस्ने बर्ष ३४ कि सैलिना श्रेष्ठ उनका छोरा बर्ष ८ को युवन श्रेष्ठ, सिन्धुलीका फिक्कल गाउपालिका ५ महादेब डांडाका बर्ष ३२ को हिरालाल बि.क र रामेछापको लिखु गाउपालिका ३ घर भई हाल काठमाण्डौं बस्ने बर्ष २८ को कृष्ण घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

गाडीका चालक सिन्धुली कमलामाई नगरपालिका ७ गडौलिका बर्ष २५र२६ का प्रकाश श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन् ।