सिरिञ्ज आक्रमण गर्ने युवा पक्राउ


काठमाडौँ । महानगरिय प्रहरी परिसरले उपत्यकामा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० बर्षीय सन्तोष कार्की रहेका छन् ।

उपत्यकाका विभिन्न स्थानमा युवतीहरुमाथि श्रंखलवद्ध सिरिञ्ज आक्रमण गर्दै हिँड्ने कार्कीलाई गएराति भाटभटेनी नजिकैबाट पक्राउ गरिएको हो । आफुमाथि सिरिञ्ज जस्तै बस्तुबाट आक्रमण भएको भन्दै पाँच जना युवतीहरुले प्रहरीमा उजुरी दिएका छन् ।

प्रहरीका अनुसार ती युवाले किन सिरिञ्ज आक्रमण गरे भन्नेबारे केही नखुलेको र अनुसन्धान प्रक्रिया अगाडी बढिरहेको छ । ती युवाले सिरिञ्ज नै आक्रमण गरेका हुन या अरु नै केही बस्तु हो भन्नेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।