हिमालयन बैंकको ५९औं शाखा सुकेधारामा


हिमालयन बैंकले काठमाडौं महानगरपालिका— ४, सुकेधारमा ५९आंै नया“ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गर्नुभयो ।

सो अवसरमा उहा“ले नेपालको आधुनिक बैंकिङ क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नया“ शाखा कार्यालयमार्फत हिमालयन बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैयमासको अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपिया“ निक्षेप संकलन गरी कर्जा सापटको रुपमा उत्पादनशील व्यावसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको एटीएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५ सयभन्दा बढी रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सम्पर्क केन्द्र २४सै घण्टा खुला रहने
रिलायन्स लाइफ इन्स्योरेन्सले आम नागरिकमा जीवन बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी (अभिकर्ता) मा थप सेवा २४सै घण्टा ३६५ दिन प्रदान गर्नका लागि सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । सो सम्पर्क केन्द्रको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं र रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाले संयुक्त रुपमा गर्नु भएको छ ।

सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता) ले सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर,वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् ।