लक्ष्मी बैंकको १०९औं शाखा भरतपुरको चनौलीमा


लक्ष्मी बैंकले १०९औं शाखा भरतपुरको चनौलीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले रिटेल बैंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहु“च पु¥याउने लक्ष्य राखेको छ ।

नया“ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १०९ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्ट पुगेको छ । प्रदेश नम्बर ३ मा बैंकका शाखा संख्या ३९ पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाको बढ्दो मागलाई पूरा गर्न बैंकले नया“ तथा वित्तीय पहु“च नपुगेका क्षेत्रमा बजार मा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।