मार्भेलस नाइट आयोजना


नेपालमा पहिलोपटक सीपीभीसीका अन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेसनस“गको लाइसेन्सअन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाइप उत्पादन शुरु गरेको मार्भल टेक्नोप्लास्ट प्रालिले शुक्रबार पोखर र बर्दिबासमा डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ आयोजना गरेको छ । मार्भेलस नाइटमा छ सयभन्दा बढी डिलर तथा इन्जिनियर सहभागी थिए ।

कार्यक्रममा मार्र्भेल टेक्नोप्लास्ट प्रालिका प्रमुख पवनकुमार सञ्चेतीले स्वागत गर्नुभएको थियो । उहा“ले आर्थिक विकासस“गै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीहरुको बजार राम्रो रहेको भन्दै उपभोक्तासम्म गुणस्तरयुक्त पाइप पु¥याउने अभियानमा सबै इन्जिनियर, डिलर र डिष्ट्रिब्युटरहरुको रायसुझावका आधारमा योजनावद्ध ढंगले अघि बढ्ने बताउनुभयो ।

मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नया“ सम्भावना पहिल्याउने माध्यम पनि हो भन्दै सञ्चेतीले कार्यक्रम त्यसका लागि फलदायी भएको पनि बताउनुभयो ।
छोटो समयमै बजारमा राम्रो उपस्थितिप्रति गर्व गर्दै मार्भेलले यो सशक्त उपस्थिति म्यानुफ्याक्चरका लागि मात्रै नभएर डिलर डिष्ट्रिब्युटरका लागि पनि खुशीको कुरा हो भन्नुभयो ।

लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकस“ग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुईवटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ ।

निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढ्ने क्रमस“गै सीपीभीसी पाइपको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफू सक्षम रहेको मार्भेलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।