ग्लोबल आइएमई बैंक आईएफसीबीच ऋण सम्झौता


ग्लोबल आइएमई बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेसनल फाइनान्स कर्पोरेसनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रसिदले सम्झौता आदानप्रदान गर्नुभएको छ । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपिया“) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पु“जीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आईएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैकको योजना रहेको छ ।