ओपोद्वारा एमडब्ल्यूसी साङघाई २०१९ मा अन्डर स्क्रिन क्यामेरा र मेसटक प्रदर्शित


ओपोले एमडब्ल्यूसी साङघाई २०१९ मार्फत अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ । ओपो उपकरणका बीच एकआपसमा ३ किलोमिटरसम्मको रेन्जसम्म बिना सेल्यूलर नेटवर्क, वाईफाई वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेसटक प्रविधि पनि पहिलो पटक प्रदर्शित गरिएको छ ।

‘ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रवर्तनका लागि सदैव प्रतिबद्ध छ ।’ ओपोका उत्पादन व्यवस्थापक काउ जियाडङले भने–‘यूएससी र मेसटक भविष्य लक्षित ओपोका भिजनको एक अंश हो । यिनले औद्योगिक प्राविधिक क्रान्तिलाई शून्यबाट एक पु¥याई उत्थानमा तेवा पु¥याउने हाम्रो आशा छ । हामी हाम्रा प्राविधिक नवप्रवर्तनलाई प्रयोगका परिदृश्य खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौं ।’

ओपोको नौलो अन्डर–स्क्रिन डिस्प्ले समाधानका रुपमा यूएससीले अनुकुलित क्यामेरा मोड्यूल प्रस्तुत गरेको छ । यसले धेरै प्रकास समावेस गराउनु, जोनिङ नियन्त्रणको सुविधाका साथै स्क्रिन मार्फत प्रकाश आर पार गराउन अत्यधिक पारदर्शी सामग्रीको प्रयोग गरिएको छ