नेपाल क्लियरिङ हाउसको अध्यक्षमा नरेश शाक्य


नेपाल क्लियरिङ हाउसको १२८औं सञ्चालक समितिको बैठकले नरेश शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ विभागका कार्यकारी निर्देशक हुनुहुन्छ । त्यस्तै बोर्डले स्मार्ट च्वाइस टेक्नोलोजिज्की निर्देशक कसुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढी बैंक तथा वित्तीय संस्था रहेका छन् भने ११ भन्दा बढी संस्था अप्रत्यक्ष र टेक्निकल सदस्यका रुपमा आबद्ध रहेका छन् ।