बजेटमा ‘अभिभावक नगर’ कार्यक्रम


किरन धामी, दार्चुला
जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले अगामी आर्थिक वर्ष २०७६÷०७७ मा आमा बुवा नभएका बालबालिकाहरुको अभिभावक नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।

पा“चौ नगरसभामार्फत नगर प्रमुख हंसराज भट्टले अगामी आर्थिक वर्षमा अबलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमा बुवा नभएका बालबालिकाहरुको अभिभावक नगर प्रमुख कार्यक्रमका साथै विभिन्न ७१ वटा नीति तथा कार्यक्रम अबलम्बन गर्ने कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

आगामी आर्थिक वर्षमा कृषि, पर्यटन, उद्योग तथा वाणिज्य सहकारी र वित्तीय क्षेत्रलाई प्राथमिकतामा राखिएको छ भने सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, लौगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ । सामाजिक विकासको क्षेत्रमा आमा बुवा नभएका बालबालिकाहरुको अभिभावक नगर प्रमुख कार्यक्रम एक नम्बरमा राखिएको छ ।

किसानको हकहित संरक्षण र सम्वद्र्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउने नीति लि“दै आर्थिक वर्ष २०७६÷०७७ बाट कृषक पेन्सन कोष निर्देशिका तयार गरी कार्यान्वयन गर्ने गरी कार्यक्रम ल्याएको हो ।

यस्तै पुर्वाधार विकास, वन वतावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । पा“चौ नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरपालिकाले आउ“दो असार १५ गते बजेट ल्याउने गरी तयारी गरेको छ । नगरसभाले अगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ५४ करोड ७८ लाख ८१ हजार विनियोजन गर्ने अनुमान गरेको छ ।