आगामी असार २० गते अल नेपाल रिलिज गरिने प्रेमकथाको फिल्म सानो मनको शीर्ष गीत सार्वजनिक गरिएको छ। फिल्मको निर्माण संस्था हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा नायक नायिका आयुष्मान देसराज जोशी श्रेष्ठ र शिल्पा मास्केलाई प्रस्तुत गरिएको छ भने यसमा यो जोडीबीचको प्रेमको आरोह अवरोह देखाइएको छ। सुयोग सोताङको संगीत रहेको गीतमा रोहित जोन क्षत्रीको स्वर र स्वप्निल शर्माको शब्द रहेको छ।
‘यो गीत चल्तीको भन्दा अलि फरक छ। जसले नेपाली फिल्ममा आइरहेका प्रेमगीतभन्दा फरक स्वाद दिन्छ।’ –संगीतकार सोताङको भनाइ छ। फिल्मका निर्देशक सुयोग गुरुङले भने गीत फिल्मको कथासँग नजिक रहेको बताए।
सुयोग गुरुङको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्ममा आयुष्मान र शिल्पाका साथमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट, देवकुमार श्रेष्ठलगायतले अभिनय गरेका छन्। ओपीजी फिल्म्स, ए प्लस इन्टरटेन्मेन्ट र हाइटेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेको फिल्म काठमाडौं, भैरहवा, बैंककलगायतका रमणीयस्थलमा छायांकन गरिएको छ। समीर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखनको सांगीतिक प्रेमकथाको फिल्ममा आलोक शुक्लाको छायांकन तथा सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको छ।











प्रतिक्रिया