देशका अधिकांश स्थानमा वर्षाको सम्भावना


काठमाडौं । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राति देशभर आंशिक बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।