काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका– २ कदम चोकमा बिहीबार होटलमा ९ वटा ग्यास सिलिण्डर बिस्फोट भएका छन् ।
बिहीबार बिहान ३ बजे ग्यास सिलिण्डर बिस्फोट हुँदा कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
विस्फोटपछि भएको आगलागी बाट ३० लाखभन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा राखिएको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले बताए ।











प्रतिक्रिया