माइतीघर मण्डलामा सभ्य र भव्य विरोध प्रदर्शन

0
Shares

गुठी विधेयकको विरुद्ध ऐक्यवद्धता देखाउने नेकालाई राजनीतिक रंग नदल्न सुझाव

नेपाल समाचारपत्र, काठमाडौ । सरकारले बिवादास्पद गुठी बिधेयक फिर्ता लिएको घोषणा गरेपनि धर्म र गुठीको संरक्षण गर्नुपर्ने माग गर्दै बुधबार राजधानीमा बिशाल प्रदर्शन भएको छ ।

गुठियारहरुको भावनामा ठेस पुग्ने गरी सरकारले उक्त बिधेयक राष्ट्रिय सभामा दर्ता गराएपछि राजधानीका नेवार समुदायको अगुवाइमा माइतीघर मण्डलामा बिशाल प्रदर्शन भएको हो ।

राजधानीका बिभिन्न गल्लीबाट स्वतस्फुर्त रुपमा निस्किएको बाजागाजा सहितको टोलीले झण्डै पाँच घण्टा माइतीघरमा गुठी बिधेयकको बिरोधमा नारावाजीसमेत गरेका थिए । आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारबिरुद्ध नाराहरु केन्द्रित थिए ।

भूमी सुधार तथा ब्यवस्था मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रिय सभामा दर्ता भएको बिधेयक फिर्ता लिएको घोषणा गरेको भोलिपल्ट आयोजना भएको बिरोध ¥यालीमा हजारौं राजधानीवासीको सहभागिता थियो ।
बिरोध ¥यालीमा भेला भएका नागरिक समाजका अगुवादेखि गुठीयारहरुले सरकारले फिर्ता लिएको भनिएको बिधेयकप्रति आशंका ब्यक्त गर्दै बिधेयक खारेजको मागसमेत गरेका थिए ।

काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न टोलबाट आएका विधेयक बिरोधी नागरिकले बिधेयक खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
जनआन्दोनको झल्को दिने गरी जम्मा भएका राजधानीवासीले दुई तिहाईको बहुमत भएको भन्दै घमण्ड गर्ने सरकारलाई चेतावनीको भाषामा जनता बिरोधी काम नगर्न चेतावनी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार भएको बिरोध ¥यालीमा आफ्नो उपस्थिति देखाउन खोजे पनि गुठियारहरुले भने उनीहरुलाई कार्यक्रममा राजनीतिक रंग नदिन चेतावनीसमेत दिएका थिए ।

बिरोध कार्यक्रममा सहभागितकालागि झण्डा सहित पुगेका सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजावादी समूह बिरोध कार्यक्रम सहभागि भएपनि उनीहरुलाई आन्दोलनकारीले कुनैपनि पार्टीलाई राजनीतक रंग नदिन चेतावनी दिएपछि उनीहरु आन्दोलनमा सहभागी भएपनि झण्डा सहितको आफ्नो उपस्थितीलाई भने गुपचुप गरेका थिए ।

टोल टोलबाट आ–आफ्नै भेष–भुषामा जम्मा भएका स्थानीयले गुठी बिधेयकको बिरोध गरेपनि बिरोध ¥यालीमा सहभागी भएका केही ब्यक्तिले भने जातीवादी नारा लगाएर कार्यक्रमलाई उत्तेजित बनाउने प्रयास गरेका थिए ।

राष्ट्रिय झण्डा बोकेर बिरोध सभामा सहभागी भएका आन्दोलनकारीले आन्दोलनलाई बिच्कन नदिन सावधानी अपनाएका थिए । सरकारले पनि उक्त बिरोध ¥यालीमा हुनसक्ने हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न तीनै सुरक्षा निकायका झण्डै २ हजारसुरक्षाकर्मी खटिएको थियो ।

आन्दोलनमा हुनसक्ने संभावित खतरालाई मध्यनगर गर्दै सरकारी तथा निजी क्षेत्रका एक दर्जनभन्दा बढी एम्वुलेन्स र दर्जनौंको संख्यामा चिकित्सकको टोलीसमेत परिचिलित भएको थियो ।

बिरोध कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जोशीदेखि नागरिक समाजका अगुवाहरुले गुठी बिधेयक ल्याउनुअघि सरोकारवालासँग परामर्श नगरेकोमा गम्भीर असन्तोष प्रकट गरेका थिए ।

सरोकारवालहरुसंगको छलफल बिना नै ल्याइएको उक्त बिधेयक खोरज गरेर अधिकार सम्पन्न गुठी आयोग गठन गर्नसमेत बिरोध ¥यालीमा सहभागी भएका अगुवाहरुले माग गरेका थिए ।

जातीय रंग बिरोधी नारा समेत लाग्न थालेपछि नेवार समुदायका अगुवाले आफ्नो सरोकार भन्दा बाहिरका बिषयमा नबोल्न आन्दोलनमा सहभागी भएकाहरुलाई आग्रह गरेका थिए ।

बिरोध ¥यालीलाई ब्यवस्थित बनाउन सयौंको संख्यामा स्वयमसेवक परिचालन गरिएको थियो भने चर्को घाममा सहभागी भएकालाई पानी पिउने ब्यवस्था समेत गरिएको थियो ।

बिरोध कार्यक्रममा सहभागी भएकाहरुले माइतीघर मण्डलामा फ्याकेका फोहोरलाई कार्यक्रमको अन्त्यपछि उठाएर आफ्नो सभ्यताको परिचय समेत दिएका थिए ।

आन्दोनमा खटिएका प्रहरीलाई गाली लगौज गर्ने परम्परालाई अन्त्य गर्दै बिरोध ¥यालीमा सहभागी भएका सुरक्षाकर्मीलाई आन्दोनकारीले फूलको गुच्छा दिएर स्वागतसमेत गरेका थिए ।