टोखामा आगलागी, ५ वटा पसल जले


काठमाडौं । टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा ५ वटा पसल जलेको छ ।

सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा एउटा कपडा पसल, ३ वटा खाजा घर र एउटा तरकारी पसल जलेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले आगो राति निभाइएको जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, ३ दमकल र २ पानी ट्याङ्करको सहायताले आगो निभाइएकाे थियाे । आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।