‘पुरानो मानसिकता त्यागेर काम गर्नु’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साताव्यापी युरोप भ्रमणको अन्तिम दिन युरोपमा रहेका नेपाली राजदूतहरूलाई पुरानो मानसिकता त्यागेर काम गर्न निर्देशन दिएका छन । नेपाली राजदूतहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्री ओलीले पुरानो मानसिकता त्यागेर अझ गतिशील भएर नेपालको कूटनीतिलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनमा बर्लिन, मस्को, लन्डन, कोपनहेगन, जेनेभा र पेरिसस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूले सहभागिता जनाएका थिए । उनीहरूले आ–आफ्नो काम र जिम्मेवारी, अहिलेसम्म हासिल भएका उपलब्धि र भावी कार्यक्रमबारे प्रधानमन्त्रीलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराइ, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, परराष्ट मन्त्रालयका सचिव शंकरदास बैरागी लगायत पनि सहभागी थिए ।