जी–२० मा ट्रम्प पुटिन वार्ता अनिश्चित


मस्को (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जी–२० शिखर सम्मेलनका क्रममा पुटिनसँगको भेटवार्ताका विषयमा जानकारी नभएको रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग अमेरिकी समकक्ष डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने सम्बन्धमा अमेरिकाका तर्फबाट कुनै पुष्टी गर्ने सुचना प्राप्त नभएका समाचार एजेन्सी तासले जनाएको छ ।

रुसी प्रवक्ता दिमित्री पेसकोवले सन्चारमाध्यमहरुमा प्रकाशित समाचारका समन्धमा उक्त टिप्पणी गरेको हो । बुधबार प्रकाशित ती समाचारमा ट्रम्पले यस प्रकारको बैठक गर्ने मनसाय रहेको पुष्टी गरेको उल्लेख गरिएको थियो ।
पेसकोवलाई उदृत गर्दै तासले उल्लेख गरेकोछ– रुससँग यस प्रकारको कुनै पुष्टी गरेको छैन । यस सम्बन्धमा केही परिवर्तन भएको छैन । अमेरिकी पक्षले एक फरक बैठकको आयोजनाको पहल गरेको छैन ।

यसअघि बुधबार ट्रम्पले आफना पोलिस समकक्ष एन्ड्रेज डूडासँगको वार्ता अगाडी पत्रकारसँग आफुले जुन २८–२९ मा जापानी सहर ओसाकामा आयोजना हुने जी २० शिखर सम्मेलनको अवसरमा पुटिनसँग भेटवार्ता गर्ने योजना बनाइरहेको बताएका थिए ।