सातवटै पालिकामा उद्यम विकास तालिम


वासुदेव शर्मा, जाजरकोट
सिप सिकौ रोजगार मुखी वनौ भन्ने उद्धेश्यका साथ जाजरकोटका सात वटै स्थानिय तहमा महिला,विपन्न, आर्थिक अवस्था कमजोर भएकालाई सिप विकास तालिम संचालन गरिएको छ । गरिवी निवारण गर्नको लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत सात वटै स्थानिय तहमा सिप विकास तालिम संचालन भएको हो ।

घरेलु तथा साना उद्योग विकास शाखा कार्यालय जाजरकोटको आर्थिक सहयोगमा जाजरकोटका भेरी, नलगाड नगरपालिका, कुशे, बारेकोट गाउँपालिकामा ग्रामिण परिवेश नेपालले सिप विकास तालिम गराएको छ भने छेडागाड नगरपालिका, जुनीचाँदे, शिवालय गाउँपालिकामा डिमेघा लघु उद्यमी समुह दैलेखले सिप विकास तालिम संचालन गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएका वार्षिक ३३ हजार भन्दा कम आम्दानी भएका दलित, जनजाति, महिलाहरुलाई सिप सिकाएर उद्यमशिल वनाउने उद्धेश्यले नेपाल सरकारले गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) संचालन गरेको घरेलु तथा साना उद्योग विकास शाखा कार्यालयका प्रमुख चेतनाथ घिमिरेले वताउनु भयो ।

युएनडिपी र अस्टलियन एडद्धारा १९९८ देखि नेपालमा संचालित कार्यक्रमलाई नेपाल सरकारले २००८ देखि आन्तरिकीकरण गरी हाल चौथो चरणमा प्रवेश गरेको ७७ वटै जिल्लामा संचालन भएको प्रमुख घिमिरेले वताउनु भयो ।
गरिवी निवारण लागी लघु उद्यम विकास कार्यक्रम मेडपाले सामाजिक परिचालन, उद्यमशिलता विकास तालिम, प्राविधिक सिप विकास तालिम, उपयुक्त प्रविधिमा पहुँच, लघुवित्तमा पहुँच, स्तर उन्नती तथा वजार विस्तारका कार्यक्रम संचालन भएका छन ।

वारेकोट गाउँपालिका १ मा टिमुर खेती, कुखुरा पालन, हाते होजियारी तालिम संचालन गरेको छ भने नलगाड नगरपालिका २ मा ढाँका वुनाई, सिलाई कटाई, हाते होजियारी तालिम दिएको छ । भेरी नगरपालिका २ मा बाँसजन्य हस्तकला, ढाँका वुनाई फर्निचर, कुशे गाउँपालिका ३ मा रत्नपत्थर तालिम, तरकारी खेती, टिमुर खेती तालिम दिएको छ ।

चालु आर्थिक बर्षका लागी गत वैशाष देखि जाजरकोटका सात वटै स्थानिय तहमा संचालन भएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेडपा असार मसान्त सम्म संचालन हुने भएको छ ।