काठमाडौं, (नेस)
पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी हुने र व्यक्ति विशेषलाइ गैरकानुनी लाभ पु¥याउने कार्यमा संलग्न रहेका मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित २८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
उनीहरुविरुद्ध बाँके र बर्दियाका विभिन्न कित्ताको जग्गा आफूलाई गैरकानुनी लाभ र सरकारलाइ गैरकानुनी हानि हुने गरी आपसी योजना, सहमति र संलग्नतामा विभिन्न तबरवाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने–गराउने कार्य गरेको पुष्टि भएको जनाइएको छ ।
विशेष अदालत काठमाडौंमा पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई, रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी, यज्ञश्वर वली, प्रेमबहादुर चन्द ठकुरी, सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत, अन्तराम चौधरीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
त्यसै गरी कृष्णप्रसाद ज्ञवाली, रामकुमार रोका, कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, भुमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, लक्ष्मी मल्ल, सूर्यप्रसाद उपाध्याय, खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बृहस्पति खड्का र पप्पु धोबीलाई कसुरबमोजिमको सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।











प्रतिक्रिया