५१ जनाद्वारा रक्तदान


काठमाडौं, (नेस)
विश्व रक्तदाता दिवसको अवसरमा कलेज अफ सेन्ट्रल स्टेटले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कलेजका शिक्षक शिक्षिका, बिद्यार्थी लगायत बिभिन्न आगन्तुक महानुभावको सहभागिता रहेको थियो ।

कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कालीमाटीको सहकार्यमा सो कार्यक्रम भएको थियो । कलेज अफ सेन्ट्रल स्टेटका क्याम्पस चिफ रमेश घिमिरेले कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकामा सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
साथै सोही कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो