आईओटी प्रदर्शनीको समापन


काठमाडौं, (नेस)
कम्युटिङ सोलुसनबाट दैनिक जीवनयापन स्मार्ट बनाउने अभियान स्वरुप आयोजना भएको इन्टरनेट अफ थिङ्स (आईओटी) प्रदर्शनी बिहीवार समापन भएको छ । राजधानीको सफ्टवरिका कलेजले मंगलवारबाट आयोजना गरेको थियो ।

प्रदर्शनीमा स्मार्ट सिटिमा आवश्यक सम्पूर्ण स्मार्ट पूर्वाधारसहित स्मार्ट सवारीदेखि सेवाग्राहीको भिड हुने स्मार्ट स्थलको प्रोटोटाइप प्रदर्शनी गरेका थिए । प्रदर्शनीका क्रममा स्नातक तेस्रो वर्षमा अध्ययनरत १ सय ९४ जना विद्यार्थीले करिब ८० वटा स्मार्ट सोलुसनका मोडल प्रदर्शनी गरेका थिए ।

विद्यार्थीलाई प्रयोगात्मक पढाईमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको क्याम्पस प्रमुख प्रमोद पौडेलले बताउनु भयो ।
यसवाट जीवन सहज हुने,मितव्ययी हिसावले विद्यार्थीस्तरबाट आयोजना भएको यो प्रदर्शनी नेपालमा पहिलो पल्ट र सबभन्दा ठूला रहेको वताइएको छ । प्रदर्शनी २ हजारले अवलोकन गरेका थिए ।

यस्तै कलेजको बरिष्ठ अध्यापक मनोज श्रेष्ठले स्मार्टको अर्थ सूचनाको उचीत प्रयोग गरेर मानवजीवन सहज बनाउने बताउनु भयो ।

प्रदर्शनीमा स्मार्ट होमदेखि स्मार्ट सिटीसम्मका विभिन्न अवधारणलाई प्रविधिको सहयोगमा प्रस्तुत गरिएको छ । स्मार्ट स्कुल, स्मार्ट कलेज, सामर्ट पार्किङ, स्मार्ट होटल, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट रिर्सोट, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारीसाधन, र स्मार्ट ट्राफिक लाइट लगायतका प्रविधिलाई विद्यार्थीले प्रदर्शन गरेका थिए ।