नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक रहेको बताउनु भएकोछ । नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिस“ग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले उत्पादन बढाएर आर्थिक विकासलाई तीव्र पार्न उद्यमी व्यवसायीस“ग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाउनुभयो ।
बेरोजगारीको समस्या हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्यका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले थालेका प्रयासलाई सघाउन पनि राष्ट्रपतिले उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । चुलिएको व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनुपर्ने बताउनुभयो । पूर्वाधार विकास र औद्योगिकीकरणमा सरकारले निजी क्षेत्रस“ग मिलेर काम गर्ने र त्यसमा देखिने समस्या समाधानमा सकारात्मक भूमिका निभाउन आफू सदैव तयार रहेको पनि राष्ट्रपतिले आश्वस्त पार्नुभयो । समग्रमा सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षालाई पूरा गर्न निजी क्षेत्रले सघाउनुपर्नेमा पनि राष्ट्रपतिले जोड दिनु भयो ।
सो अवसरमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था, नेपाल उद्योग परिसंघले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तार, निकासी प्रवद्र्धन, रोजगारी सिर्जना, पूर्वाधार विकास आदिको क्षेत्रमा सरकारस“ग विभिन्न कार्यक्रमको माध्यमबाट निरन्तर सहकार्य गरी रहेको जानकारी गराउनुभयो ।
‘आगामी आर्थिक वर्षको बजेटमा गरिएको उत्पादनमुलक क्षेत्रमा गरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महŒवका आयोजनामा सरकारले तोकेको प्राथमिकता जस्ता प्रावधानबाट नेपालको निजी क्षेत्र उत्साहित छ ।’ अध्यक्ष मोर भन्नुभयो–‘उद्योग–व्यवसाय विस्तार र पूर्वाधार विकासको क्षेत्रलगायत कतिपय क्षेत्रमा अझ पनि प्रक्रियागत समस्या विद्यमान रहेको र समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर जाँदा त्यसको समाधान हुन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघले लिएको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो ।











प्रतिक्रिया