‘अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानूनी कठघरामा उभ्याउँछौं’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गुठी विधेयकको विरोधमा निस्किएको प्रदर्शनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको स्वीकारेका छन् ।

गृहमन्त्री थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरिएको स्पष्ट पारेका छन् । उनले प्रदर्शनका क्रममा कानुन विपरीत बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानूनी कठघरामा उभ्याइने समेत बताए ।

प्रतिनिधिसभाको आज (मंगलबार) को वैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिंदै गृहमन्त्री थापाले सांसदहरुको ध्यानाकर्षप्रति आफू गम्भिर रहेको बताएका छन् । सरकारले फरक मन्त्रालयमार्फत गुठी विधेयक अगाडि बढाएको बताएका छन् ।

उनीहरुले नेपालको धर्म, सँस्कृति र ऐतिहासिक परम्पराहरुलाई मास्ने गरी गुठी विधेयक आएको बताएका छन् । प्रतिपक्षी दलका सांसदले गुठी विधेयकमा सरकारको सफा नियत नदेखिएको बताएका छन् ।