आँखादान जस्तै अब छालादान


जलेका मानिस बचाउन छालादान आवश्यक रहेको कीर्तिपुर अस्पतालको रिसर्च इन्टरनेसनल सर्जिकल आउटरिच कार्यक्रम प्रमुख संयोजक हेमन्तध्वज जोशीले बताउनुभएको छ।

उहा“ले मानिसले मृत्युअघि आ“खादान, शरीरदान गरेजस्तै छालादानका लागि आ≈वान गर्नुभयो। उहा“का अनुसार छालादान गर्दा रक्तस्रावसमेत नहुने गरी माथिल्लो तह मात्र निकालिने हु“दा यसले कुनै कुरूपता निम्त्याउ“दैन।

आगोले पोलेर गहिरो घाउ भएकालाई शल्यक्रिया गरी जलेको छाला निकालेर नया“ छाला राख्नुपर्ने हुन्छ। न्यून बिरामीले मात्र छाला पाउने गरेका छन्। कतिपय बिरामी आफ्नै छाला निकालेर घाउ पुर्छन्, ३० प्रतिशत्भन्दा बढी जलेकालाई आफ्नै छालाले पुग्दैन, अरुले दिनुपर्छ।
छालादान गर्नेको संख्या एकदम न्यून छ। यसबारे जनचेतना नपुग्दा छालादान हुन सकेको छैन। मृत शरीरको छाला प्रत्यारोपण गरी जलेका बिरामीको जीवन बचाउन सकिन्छ।

हेटौंडामा अल लियो लायन्स क्लबले आयोजना गरेको पोलाइ (जलन) सम्बन्धि सचेतनामूलक कार्यक्रममा उहा“ले यस्तो बताउनुभएको हो। छालादान र छाला प्रत्यारोपण नेपालमा नौलो कुरा नरहेको भन्दै उहा“ले नेपालमा छालादान र छाला प्रत्यारोपणको अभ्यास स्थापित भइसकेको बताउनुभयो। पोलेका बिरामीलाई सहुलियत दरभाउमा र सहजरूपमा सेवा गर्ने गरी उक्त अस्पताल स्थापना भएको हो।

१६ वर्षमाथिका जुनसुकै उमेरका मानिसको मृत्युपश्चात् दानप्राप्त छाला गम्भीर जलन भएका २ जना व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने
भन्दै उहा“ले प्रत्यारोपण गरिएको छालाले घाउको भित्री भाग निको पार्ने र संक्रमण हुनबाट बचाउने काम गरेर जलेका मानिसलाई बचाउन सकिने बताउनुभयो। आगो, तातोपानी, बिजुली वा रसायन जेले जले पनि चिनी वा नुन लगाउने, माटो दल्ने गर्न नहुने, आइसले सेक्ने वा फ्रिजको चिसो पानीसमेत प्रयोग गर्न नहुने बरु घाउमा निरन्तर आधा घण्टासम्म पानी खन्याएर बिरामीलाई छिटोे अस्पताल लैजानुपर्ने बताए।

आउटरिच कार्यक्रम प्रमुख संयोजक जोशीले यसका लागि कीर्तिपुर अस्पतालमा ‘स्किन’ बैंकको व्यवस्था रहेको बताउनुभयो। जुन नेपालको पहिलो र एकमात्र स्किन बैंक भएको उहा“ले दाबी गर्नुभयो।

जिउ“दो व्यक्तिले छालादान गर्दा बिरामीका नजिकका आफन्तले मात्र दिन मिल्छ। मृत शरीरबाट छाला लि“दा अतिउत्तम उपाय हुने उहा“ले प्रकाश पार्नुभएको छ। नेपालमा वर्षेनी करिब ५६ हजार व्यक्ति जलेर सिकिस्त बिरामी हुन्छन्। त्यसमध्ये करिब २ हजार २ सयले उपचार अभावमा ज्यान गुमाउ“छन्। बा“चेका पनि अंगभंग भएका छन्।

एउटा मृत व्यक्तिको छालाबाट ४० प्रतिशत् भन्दा धेरै जलेका दुई जनाको जीवन बचाउन सकिने उहा“ले बताउनुभयो। मृत शरीरको छालालाई विशेष प्रकारको केमिकलमा राखेर पा“च वर्षसम्म टिकाउन सकिने
जोशीले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड १० लाख जना आगोले जल्ने गरेका छन्, जसमध्ये ३ लाख २० हजारले उपचार अभावका कारण ज्यान गुमाउने गरेका छन्।

विशेष गरी आगोले पोलेका बिरामीलाई गहिरो गरी जल्नेबित्तिकै छाला काटेर फाल्ने कामलाई मेडिकल भाषामा ‘एक्साइज’ भनिन्छ। त्यसपछि जुन घाउ बा“की रहन्छ, त्यो घाउमा अर्को ठाउ“को छाला त्यहा“ फेरि प्रत्यारोपण गर्नुपर्छ। किनभने, जलेको ठूलो घाउलाई त्यतिकै छाड्न मिल्दैन। त्यसका लागि शरीरको अर्को भागबाट छाला लिइन्छ। यसो गर्दा अर्को ठाउ“मा पनि घाउ रहन्छ। शरीरको जुन भागबाट निकालिन्छ, त्यहा“ एकदम पातलो गरेर निकालिन्छ।

जलेको ठाउ“मा बाक्लो निकालेर फाल्ने र त्यसलाई पूर्ण शरीरको अर्को भागबाट पातलो छाला निकालिन्छ। यसरी शरीरको एक भागबाट निकालेर अर्को भागमा राखिने प्रक्रियालाई छाला प्रत्यारोपण भन्ने बुझिन्छ।

कुनै पनि मनिसको शरीर, जहा“बाट छाला निकाल्दा कुनै असर पर्दैन, त्यस्तो अंगबाट छाला निकालिन्छ। हात, ढाड र तिघ्रालगायत पातलो एवम् संवेदनशील भागबाट छाला निकालि“दैन। शरीरको छोपिएको भाग जहा“बाट निकाल्दा दीर्घकालसम्म कुनै असर पर्दैन, त्यस्तो भाग छनोट गरी निकालिन्छ। यसरी छालादानको प्रक्रिया शुरु भएको धेरै वर्ष भइसकेको छ।

पुरानो अवस्थामा एकदम थोरै भागमा मात्र प्रत्यारोपण गर्नसक्ने अवस्था रहेकोमा हाल प्रविधि विकासले यसको क्षमतामा वृद्धि भएको छ। छालादान गर्न तथा प्रत्यारोपणमा सहजताका लागि कीर्तिपुर अस्पतालले सन् २०१४ मा ‘स्किन’ बैंक स्थापना गरेको हो। छालादानसम्बन्धि झञ्झटिलो प्रक्रियाका कारण पनि दान गर्नेको संख्या न्यून छ।

हालसम्म मात्र १९ जनाको छाला निकाल्न सफल भएको उहा“को भनाइ छ। भारतबाट छाला मगाउ“दा झण्डै १ लाख ५० हजारदेखि ४ लाख भारतीय रुपिया“सम्म लाग्ने र समय पनि निकै लाग्ने कारण पोलेका बिरामीलाई बचाउन प्रायः असम्भव भइरहेको अवस्था छ।