काठमाडौंको जोरपाटी सडक खण्डमा सवारी आवागमन ठप्प


काठमाडाैं । काठमाडौंको जोरपाटी सडक खण्डको निर्माण गति नलिएको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रिएका छन् । युवाहरुले सवारी आवागमन नै ठप्प हुने गरी सडक बन्द गरेका छन् ।

थली क्षेत्रको सडक लामो समयदेखि विजोग अवस्थामा छ । यसअघि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा बिलम्व भएपछि यसैगरी प्रदर्शन भएको थियो । उनिहरुले स्थानीय सरकारको लापरबाहीका कारण नागरिकहरुले सास्ती पाएको भन्दै विरोध गरका हुन् ।

स्थानीय सरकारको उदासीनता बढ्दै जाँदा सडक निर्माणको कामले गति नपाएको बताएका छन् । उनिहरुले यसको विरोधमा सडकमा टायर बालेर सरकारविरोधी नाराबाजी समेत गरेका छन् ।