महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न


काठमाडौं, (नेस)। अग्नी ग्रुपअन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नी इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ, यसै सिलसिलामा कम्पनीले ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरमा आयोजना गरेको तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ ।

विश्व वातावरण दिवस २०१९ को अवसर पारेर आयोजित सर्भिस क्याम्पमा करिब सय वटा गाडीको सर्भिसिङ गरिएको थियो ।