कलाकार संघको अध्यक्षमा खड्का


रश्मी थापा
नेपाल चलचित्र कलाकार संघको शनिवार राजधानीमा सम्पन्न १७औं केन्द्रिय कार्यसमितिको निर्वाचनबाट अभिनेता रवीन्द्र खड्का अध्यक्षमा निर्वाचित भएका छन्।

पनौती नगरपालिकाको मेयर र एक कार्यकालका लागि कलाकार संघकै अध्यक्ष भईसकेका खड्काले आप्mनो प्रतिद्वन्दी तथा संघकी पूर्व महासचिव सरिता लामिछानेलाई ५७ मतको मतान्तरले पराजित गरेका छन्। निर्वाचनमा खड्काले प्यानलसहित उम्मेदवारी दिएका थिए। कार्यसमितीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका विनोद भट्टराईबाहेक सबै उनकै प्यानलबाट विजयी भएका छन्। ५ सय ९६ सदस्य रहेको संघको निर्वाचनमा कुल ३ सय ८७ मत खसेको थियो।

राजधानीको प्रदर्शनीमार्गस्थित प्रहरी क्लबमा सम्पन्न निर्वाचनमा रेजिना उप्रेती र सानुकुमार ताम्रकार उपाध्यक्ष, चेतबहादुर सिंह राजा महासचिव, पनाह अधिकारी सचिव, पवित्रा आचार्य सहकोषाध्यक्ष निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरुमा धनराम केसी ‘मुस्कान’, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, धर्मानन्द आचार्य, रोहित रुम्बा तामाङ, जयकिशन बस्नेत, पवनप्रसाद खतिवडा, उद्ववप्रसाद भट्टराई, शारदा नेपाल गीता र जीवन थापा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल निर्विरोध निर्वाचित भएका छन्।

संघका अध्यक्ष रामकेशर बोगटीको उनले नै काट्न लगाएको घरअगाडिको रुख काट्ने क्रममा त्यसले किचेर असामयिक निधन भएपछि तीन महिनाअगाडिकै लागि तोकिएको संघको चुनावी साधारणसभा निर्वाचन एक पक्षले संघमा सदस्यता वितरणमा अनियमितता भयो भन्दै काठमाडांै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि स्थगित भएको थियो। उजुरीउपर छानबिन गर्न फिल्मकर्मी नीर शाहको संयोजकत्वमा एक समिति गठन गरिएको समितिले आवश्यक छानबिन गरी विवाद निरुपण गरेको थियो। विवाद निरुपणपश्चात् तदर्थ समितिले जेठ शनिवारलाई संघको निर्वाचन मिति तोकेको थियो।

संघका अध्यक्ष रामकेशर बोगटीको एक घटनामा असामयिक निधन भएपछि तीन महिनाअगाडिकै लागि तोकिएको संघको चुनावी साधारणसभा एक पक्षले संघमा सदस्यता वितरणमा अनियमितता भयो भन्दै काठमाडांै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि स्थगित भएको थियो। उजुरीउपर छानबिन गर्न फिल्मकर्मी नीर शाहको संयोजकत्वमा एक समिति गठन गरिएको समितिले आवश्यक छानबिन गरी विवाद निरुपण गरेको थियो। विवाद निरुपणपश्चात् तदर्थ समितिले जेठ २५ गतेलाई संघको निर्वाचन मिति तोकेको थियो।