आज सार्वजनिक बिदा


काठमाडौं । सरकारले आज (आइतबार) सार्वजनिक विदा दिने भएको । आइतबार अर्थात् जेठ २६ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक विज्ञप्तिमा जारी गर्दै उपत्यकाभित्र मात्रै विदा दिइएको जनाएका हुन् ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ । रथ जावाखेल पुगेको ४ दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने गरिन्छ।

कीर्तिपुर, सतुंगल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी हुँदै रथ जावलाखेल पुर्‍याइएको छ।