१५ वर्षीय किशोरमाथि एसिड प्रहार



जनकपुर, महोत्तरीको बर्दिवासमा १५ वर्षीय किशोरमाथि एसिड प्रहार गरिएको छ। अपरिचित व्यक्तिले बर्दिवास नगरपालिका–२ बस्ने १५ वर्षीय सुरज मुखियाको अनुहारमा गए राति एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट उनी मुखिया घाइते भएका छन्।

शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। मुखियाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले बताए।

मुखिया चोक वरिपरि दुर्व्यसनमा लागेकाहरूको सङ्गतमा रहेका प्रहरीको अनुमान छ। लोहालक्कड बटुल्दा कतिपय पसलमै पसेर आफ्नो समान चोरेको गुनासो कतिपय व्यापारीले गर्दै आएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्