भारतमा एक नेपालीको हत्या, भारतीय नागरिक पक्राउ



विनोद सिंह विष्ट, बैतडी ।
बैतडी घर भएका एक नेपालीको भारतमा हत्या गरिएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ बर्षीय लोकेन्द्र चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

भारतको पिथौरागढ जिल्लाको बृहत ग्राम गैना गाँउमा चन्दको हत्यो भएको बताईएको छ । जेठ ६ गते हत्या गरिएको भएपनि चन्दलाई उडीयारी जंगलमा लगेर गाडेको र शुक्रवार स्थानीय महिलाले चन्दको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका निरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।

चन्द भारतमा मजदुरी गर्दै आएका थिए । हत्या आरोपमा पक्राउ परेका निरज कुमार जीपका खलासी रहेका बुझिएको छ । मादक पदार्थ सेवन गरी बिवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउको गम्भीर चोट लागेका चन्दलाई चन्दले जीपमा राखी जंगलमा लगेर गाडेका जनाएको छ ।

मृतक चन्दको शव परिक्षणका लागी पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला गरी फेला परेकोले सडेको अवस्थामा रहेको छ ।

चन्दको ठेगाना बैतडीको तल्लोस्वराड भन्ने मात्रै खुलेको र तल्लोस्वराड कुन ठाउँका हुन भन्ने समेत खुलेको छैन् ।
घटनास्थल नेपाल भारत सीमा नाका बैतडीको झुलाघाटवाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्