सुरक्षित नागरिक समाजद्वारा डिएसपि काफ्लेको सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेलाई सुरक्षित नागरिक समाज सुविधानगर तिनकुनेले विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । आफ्नो एकवर्षे कार्यकाल सफलतापुर्वक पुरा गरि उहाँ असारको पहिलो हप्ता महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएर जाँदै हुनुहुन्छ ।

समाजद्वारा तिनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजित विदाई तथा सम्मान कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालको साथै प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) ठुले राई, महानगरीय प्रहरी अपराध महाशाखा एसएसपि सहकुल थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि उत्तमराज सुवेदी लगायतले डिएसपि काफ्लेलाई खादा, प्रशंसापत्र, उपहार दिएर संयुक्तरुपमा सम्मान गरेका थिए ।

यसैगरि सुरक्षित नागरिक समाजका कार्यवाहक अध्यक्ष एवम् एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, समाजका पुर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार पुर्व नायव महान्याधिवक्ता सुर्यप्रसाद कोइराला, कोषाध्यक्ष योगराज कँडेल, सदस्यहरु पवित्रा सुब्बा, दिपक थापा, लक्ष्मण न्यौपाने (चिन्तामणी) ले डिएसपि काफ्लेलाई सम्मान गरेका थिए ।


कार्यक्रममा बोल्दै पुर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, समाजका कार्यवाहक अध्यक्ष शिक्षित पराजुली, समाजका सल्लाहकार सुर्यप्रसाद कोइराला तथा कोषाध्यक्ष योगराज कँडेललगायतले डिएसपि काफ्लेले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको प्रमुखको रुपमा सबैसंग सहकार्य गरि आफ्नो एकवर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकोमा वधाई दिएका थिए ।

वृत्त प्रमुख, डिएसपि काफ्लेले आफ्नो कार्यकाल सफल पार्न र यस क्षेत्रमा अपराध न्युनिकरणको लागि सामाजिक संघसंस्था तथा स्थानीय वासिन्दाले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्