२ वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास



काठमाडौं । दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बारा महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

बाराका प्रहरीका नुसार गिरीले सोही ठाउँकी बालिकालाई बिहीबार झन्डै २ बजे उठाएर योनीमा कपडा घुसाएर मार्न खोजेकी थिइन्।

उनका अनुसार पहिला बालिकालाई खेलिरहेको अवस्थामा घरअगाडिबाट गिरीले उठाएर एकान्त ठाउँमा लगेकी थिइन्।

एकान्त गल्लीमा पुर्‍याएर प्लास्टिकको डोरीले दुबै हात बाँधिन् र मुख तथा योनीमा कपडाको टुक्रा कोचेर घरअगाडि फालिदिएको कुरा खुलासा भएको छ ।
बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्