फोन सेवा अवरुद्ध



बैतडी
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को चौखाममा करिब १ हप्ता देखि नमस्तेको फोन सेवा अवरुद्ध भएको छ । केहि दिन अघी सम्म दिनमा मात्र काम गर्ने नमस्ते फोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको १ हप्ता बढी भईसकेको चौखाम स्वास्थ्यचौकीका ईन्चार्ज हेमन्तसिंह साउँदले बताउनुभयो ।
फोन सेवा अवरुद्ध हुदाँ सेवाग्राहीहरु मर्कामा परेका उहाँले बताउनुभयो । श्रीभावरमा रहेको नमस्ते फोनको टावरमा थ्रीजी जोड्ने कार्य सुरु भएकोले फोन सेवा अवरुद्ध भएको हो भन्ने खबर आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्