राष्ट्रपति सीद्वारा रसियालाई पान्डा उपहार

0
Shares

मस्को, (एजेन्सी)

मस्कोको तीन दिने औपचारिक भ्रमणमा आएका आफ्ना समकक्षी चिनियाँ सी जिनपिंगलार्ई बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘अनन्य मित्र’ को संज्ञा दिएका छन्।

दुई राष्ट्रबीचको व्यापार तथा सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सीले रसियाको भ्रमण गरेका हुन्। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहेको अवस्थामा सीको यो भ्रमण भएको हो। युक्रेन विवादलाई लिएर पश्चिम जगत्संग मतभेद भएपछि रसिया विगतमा झैं पूर्वतर्फ फर्केको हो।

सीले मस्को चिडियाखानालाई उपहारस्वरूप दुईवटा पान्डा दिएका छन्। बुधबार रसिया आइपुगेका सीसंगको संयुक्त पत्रकार सम्मेलनका क्रममा पुटिनले उनीसंग आफ्नो घनिष्ठता व्यक्तिगत सम्बन्ध रहेको बताएका हुन्।

सीले पनि पुटिनको विचारलाई समर्थन गर्दै भनेका छन्– ‘विगत छ वर्षमा मात्र हामीले झण्डै ३० पटक भेटघाट गरिसकेका छौं।’ राष्ट्रपति पुटिन पनि मेरा घनिष्ठ मित्र हुन्। पुटिनले पनि रसिया र चीनबीचको सम्बन्ध अप्रत्यासित रूपमा चरमचुलीमा पुगेको र यो विश्वव्यापी साझेदारी र सामरिक सहयोग भएको प्रतिक्रिया दिएका छन्।