७९ आमालाई दुई हजार


हेटौंडा, (नेस) ।
भीमफेदी गाउँपालिकाले मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत् स्वास्थ्य संस्थामा शिशु जन्माएका आमालाई प्रोत्साहन खर्चबापत् दुई हजार नगद प्रदान गरेको छ ।

७९ आमालाई उनीहरुको नागरिकता, विवाह दर्ता, चरणवद्धताअनुसार ४ पटक गर्भवती जाँच, सुरक्षित संस्थागत प्रसुतिसेवा लिएका, बच्चाको जन्मदर्ता समयमा नै गराएका र खोपसेवा लिएका जस्ता सूचकका आधारमा प्रोत्साहन खर्चबापत् नगद प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, वडा अध्यक्षहरु सीताराम थापा, काशीराम बज्यु र जहारसिं लामा, प्रमुख प्रशासकीय अधिकृत जीवन कँुवर र डा. सुनिल थापामगर लगायतको उपस्थितिमा खर्च प्रदान गरिएको थियो ।