सामुदायिक बन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेशको बैठक सम्पन्न


लिला सुनुवार,ओखल्ढुङ्गा ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकामा ५ बुँदे घोषणा पत्र जारी गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपाल १ ,नं. प्रदेशको बैठक सम्पन्न भएको छ । प्रदेश नं. १ का अध्यक्ष तुलसी संग्रौलाको अध्यक्षतामा बसेको तेस्रो पुर्ण बैठक बिहिबार सम्पन्न भएको हो ।

बैठकमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल १ नं. प्रदेश महासघं र सामुदायिक बन उपभोक्ता समूहका साझा सवालहरुका सन्दर्भमा छलफल गरि आगामी रणनिति समेत तयार गर्ने उद्धेश्यले बैठक गरिएको महासंघमा प्रदेश उपाध्यक्ष गोपालमान थापाले जानकारी दिनुभयो । बैठकमा बैज्ञानिक बन व्यवस्थापन, संरक्षण क्षेत्र घोषणा, निमार्णाधिन वन ऐनमा बन उपभोक्तका अधिकार कटौती, बन पैदावारमा सरकारै पिच्छेका करहरु, मानव र बन्यजन्तुबिचको द्धन्द्ध व्यवस्थापनका बिषयमा छलफल भएको थापाले बताउनुभयो ।

सामुदायिक बनलाइृ बैज्ञानिक बन व्यवस्थापनका नाममा बनको सटपट,कटान गरी बिनास,श्रोतको दुरुपयोग, जैबिक बिबिधताको ह्रास,रैथाने प्रजातिको नष्ट गरी वन तथा बातावरणमा असरपर्ने भएकाले घोषणा पत्र मार्फत तिनै तहका सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

उपभोक्ताहरुको जिवनयापनमा असर पु¥याउने गरी संरक्षण क्षेत्र घोषणा नगर्न,सरकारले बन तथा वातावरण ऐन संसोधन गर्दा उपभोक्ताको अधिकार कटौती गरी सरकार निरंकुशता तर्फ अगाडी बढेकोले यसको घोर भर्सना गरेको र निर्माणाधिन बिधेयकका वुदाहरु सच्याई उपभोक्ता अधिकार सम्पन्न र जनमुखी वनाउन तिनै तहका सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बिभिन्न करका कारण उपभोक्तहरु मारमा परेका छन् । वनको संरक्षण र संवद्र्धनमा उपभोक्ता निरुत्साहित हुँदा वातावरणमा ठुलो असर पर्ने भएकाले उपभोक्तालाई अधिकार सम्पन्न बनाई वातावरणको रक्षा गर्न सामुदायिक वनलाई लोककल्याणकारी वनाउनलाई तिनै तहका सरकारलाई आग्रह गरेको छ ।

हाल बाघ ,भालु,बाँदर मृग दुम्सी लगायतका बन्यजन्तुको वृद्धि भए सगै स्थानिय उपभोक्ताहरुले मानबिय साथै अन्नबालीहरुको क्षति व्यहोर्न बाध्य भएका छन त्यस्ता क्षतिको समयमा सहज र उचित व्यवस्थापन गर्न स्थानिय सरकारसँग प्रदेश महासंघले ध्यानाकर्षण गराउदै वन वन्यजन्तु वातावरणा र जैबिक बिबिधता संरक्षणका लागि महासंघ सदैब लागि रहने प्रतिवद्धता गरेको छ ।

कार्यक्रममा स्थानिय सामुदायिक बनका पदाधिकारी उपभोक्ता,जनप्रतिधि,प्रदेश न.१ का पदाधिकारीहरु जिल्ला तथा स्थानिय महासघंका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।