सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न नदिनेमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्मः खगराज अधिकारी


नेपाल समाचारपत्र, काठमाडौ ।
आज विश्व धुम्रपान रहित दिवस नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा विविध कार्यक्रम गरि मनायो ।

“सूर्तिजन्य पदार्थको सेवनले प्राण लिन्छ सूर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ” भन्ने मुल नाराका साथ शुक्रवार विहान वीर अस्पतालबाट शुरु भएको प्रभातफेरि स्वास्थ्य सेवा विभाग टेकूमा पुगी सभामा परिणत भएको थियो ।

विश्वमा सूर्तिसेवनका कारण प्रत्येक ५ सेकेण्डमा १ व्यक्तिको मृत्यु हुने गरेको र नेपालमा कानून बनेपनि कार्यान्वयन नगराउन राज्यकै राष्ट्रपति देखि प्रधानमन्त्री सम्मले व्यापारिको पक्षमा ठूलो दबाब सृजना गरेको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले बताउनुभयो ।

अधिकारी आफै स्वास्थ्य मन्त्री हुँदा सूर्तिजन्य पदार्थको बट्टा, प्याकेजमा ९० प्रतिशत चित्र अंकित गर्ने जेनेभा सम्मेलनमा भागलिँदा उद्घोष गर्नुभएको थियो । उक्त घोषणालाई विश्वले उत्कृष्ट निर्णय भन्दै कानून कार्यान्वयका लागि भन्दै १ करोड रुपैया बराबरको राशीले नेपाललाई पुरस्कृत गरेको थियो । कानून कार्यान्वयन त भएन तर आज नेता अधिकारी सहित ६ जना व्यक्ति तथा संस्थाहरु सोही राशीको व्याजबाट प्राप्त हुन आएको रकमबाट सम्मानीत भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समृद्ध र सुखी नेपाल बनाउने कस्ले ? यसका लागि जानेबुझेकै मान्छेबाट सुधारको खाँचो छ । उनीहरु नै मदिरा सेवन र धुम्रपानमा लागेका छन् कसरी हुन्छन आम नेपाली स्वस्थ र अनि सुखी ?

जताततै कुलन, मानसिक समस्या, आर्थिक अभाव, अस्वस्थ व्यक्तिहरुको परिवर्तनका लागि सचेत व्यक्तिले कुलत त्यागेर अरुलाई सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । शिक्षक र डाक्टरले भनेको विद्यार्थी र बिरामीले मान्नुपर्छ उनीहरु नै धुम्रपान र मदिरा सेवन गर्छन ?

सोही अवसरमा मन्त्री यादवले पूर्व स्वास्थ्य मन्त्री अधिकारी, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश, गृह मन्त्रालयका उपसचिव रामकृष्ण सुवेदी, स्वास्थ्य पत्रकार मञ्च नेपाल, पत्रकार सरोज ढुंगेल,नयाँ पत्रिका दैनिकलाई नगद ५० हजार राशीको स्वास्थ्य मन्त्री व्लूमबर्ग पुरस्कार प्रदान गर्नुभएको थियो ।