हंगेरीको नदीमा डुंगा दुर्घटना


बुडापेस्ट,(एजेन्सी)
हँगेरीको राजधानी बुडापेस्टको डानुवे नदीमा एउटा डुँगा डुब्दा सातजना दक्षिण कोरियाली पर्यटकको मृत्यु हुनाका साथै अन्य एकाइस जना वेपत्ता भएके सरकारी संचार माध्यमले विहिवार जनाएको छ । तीस जना दक्षिण कोरियाली पर्यटक , तीनजना टुर गाइड र हँगेरिका दुईजना चालक रहेको सो डुँगा अर्को डुँगासंग अचानक ठोकिएपछि नदीमा डुबेको थियो ।

स्थानिय समय अनुसार बुधवार बेलुका करिव नौ बजे सो दुर्घटना भएको थियो । सातजना मानिसलाई सकुशल उद्धार गरिएका छन् भने भिषण वर्षाको कारण उर्लेको नदीमा अन्य व्यक्तिको व्यापक खोजिकार्य जारी रहेको छ ।

पानीका ेबहाब निक ैतेज भएकाले जिवित व्यक्तिहरु फेला पर्ने संभावना निकै न्युन भएके उद्धार टोलिले बताएको छ । सिसिटिभिको फुटेजमा बुडापेस्टको मध्य भागमा रहेको हावलेनी नामक संसद भवन नजिकको मर्गिट पुल मुनि ति डुँगा आपसमा ठोकिएको देखिन्छ । मृतकहरुले लाइफ ज्याकेट नलगाएको बुझिएको छ । दुर्घटनाको औपचारिक अनुसन्धान शुरु भइसकेको छ ।