सम्पूर्ण ७ सय ३७ बोइङमा अलर्ट सिस्टम बिग्रेको खुलासा


वासिंगटन,(एजेन्सी)
अन्तर्राष्ट्रिय जेट विमान निर्माण कम्पनी बोइँगले आफ्ना ७३७ म्याक्स विमानमा सुरक्षा सतर्कता प्रणालीमा आफ्नो केहि कमि कमजोरी रहेको तथ्या विहिवार आधिकारिक रुपमा स्विकार गरेको छ । केहि महिना भित्रै दुईवटा म्याक्स बोइँग विमान दुर्घटना भएपछि गत मार्चमा विश्वभरि नै बोइँग विमान ग्राउन्डिड गरिएको थियो ।

बोइँग कम्पनी मालिक डेन्निस मुलेनवर्गले ‘ एँगल अफ एटेक ( एओए ) डिस्एग्री अल्र्ट ’ नामक ककपिट वार्निंग लाइटको सफ्टवेयरको निर्माण गल्ती देखिएको बताएका छन् । अमेरिकाको सिबिएस न्युजका नाराह ओ डोन्नेललाई अन्तर्वार्ता दिने क्रममा उनले अहिले बोइँगको यस समस्याको समाधान गर्ने काम भइरहेको जानकारी पनि दिएका छन् । उक्त अलर्ट सिस्टमले पायलट र मेन्टिनेन्स क्रुलाई उडानको शुरु मै विमानमा समस्या रहेको सुचना अवगत गराउन सक्थ्यो ।

एकजना उडान सुरक्षा विशेषज्ञले यदि इथियोपियन एयरलायन्सको उडानमा सो एओए डिस्एग्री अल्र्ट सही हालतमा भएको भए पायलटहरुले समयमै विमानमा भएको गडबडी सुचना पाउने सक्ने बताएका छन् । पायलट समेत रहेका सुरक्षा विशेषज्ञ तथा बोइँग ७३७ को प्रविधिक निर्देशिकाका लेखक क्रिश ब्राडीले भनेका छन् , ‘ मलाई पुर्०ा विश्वास छ की यदि सो एओए डिस्एग्री अलर्टले काम गरेको भए कुनै पनि हालतमा इथियोपियन एयरलायन्सको विमान दुर्घटनाम पर्ने थिएन । ’

कल साइन इटि ३०२ बोकेको सो एयरलायन्सको यात्रुवाहक विमान दुर्घटनामा त्यसमा सवार सम्पूर्ण १ सय ५७ जना व्यक्तिको ज्यान गएको थियो । ब्राडीले एओए सेन्सरले सतर्कताको चेतावनी दिएको भएर पयालटहरुले आपतकालिन समस्या समाधान गर्ने प्रक्रियाहरु अवलम्वन गरी दुर्घटना टाल्न सक्ने ठोकुवा पनि गरेका छन् ।

कम्पनी मालिक डेन्निस मुलेनवर्गले सन् २०१७ मा संचालनमा रहेका सम्पुर्ण ७३७म्याक्स बोइँग विमानमा एलर्ट स्टिम सुचारु नरहेको डरलाग्दो तथ्य अन्तवार्ताको दौरान खुलासा गरेका छन् ।