प्रधानमन्त्री मोदीद्वारा दोस्रो कार्यकाल सपथ ग्रहण, अमित वरिष्ठतामा तेस्रो


नयाँदिल्ली (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार दोस्रो कार्यकालका लागि देशको बागडोर सम्हालेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविंंदले मोदीलाई प्रधानमन्त्री पदको गोपनियताको सपथ गराएकौ हो ।

प्रधानमन्त्रीपछि पछिल्लो सरकारमा पनि गृहमन्त्री रहेका लखनउबाट भाजपाबाट सांसद राजनाथ सिंहले पदको गोपनियताको सपथ लिए । यसबाट मोदीको दास्रो कार्यकालको सरकारमा उनी दोस्रो वरिष्ठतामा परेको अनुमान गरिएकोछ । सरकारमा तेस्रो नम्बरमा अमित शाहले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिए । यस समारोहमा २५ क्याबिनेट मनत्रीले सपथ लिएका छन् ।

सरकारमा चौथो मन्त्रीका रुपमा नितिन गडकरीले सपथ लिए । त्यसपछिको सदानंद गौडाले अंग्रेजीमा पदको गोपनियताको सपथ लिए । त्यसैगरी पछिल्लो सरकारमा रक्षा मन्त्री रहेकी निर्मला सीतारमण, एनडीए सहयोगी दल एलजेपीका प्रमुख रामविलास पासवान, नरेन्द्र सिंह तोमर, पटना साहिबबाट जितेका रविसंकर प्रसादले पनि मन्त्री पदको सपथ लिएका छन् ।


त्यसैगरी पन्जाबको अकाली दलका प्रमुख नेता हरसिमरत कौर बादलले पनि क्याबिनेट मन्त्रीकारुपमा पदको सपथ ग्रहण गरिन् । त्यसैगरी गत सरकारमा सामाजिक न्याय मन्त्री रहेका थावर चन्द गहलोतले पनि सपथ लिए । उनी भाजपाका प्रमुख दलित नेताहरुमा गनिन्छ ।

पुर्व विदेश सचिव रहेका डा. एस जयशंकरले पनि क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका छन् । अमेरिकासँग परमाणु सहमति लगायत चीनसँग डोकलाम विवादलाई उत्कृष्ट ढगले सल्टाउनमा उनको ठुलो भुमिका थियो । उनी चीन र अमेरिकामा भारतका राजदुत पनि रहेका थिए ।

त्यसैगरी उत्तराखन्डका पुर्व मुख्यमन्त्री डा. रमेश पाखरियाल निशंकले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिए । झारखन्डमा ३ पटक मुख्य मन्त्री भइसकेका अर्जुन मुन्डाले पनि विहिबार क्याबिनेट मन्त्रीका रुपमा सपथ लिए ।

चुनावी नतिजामा विशेष चर्चामा रहेको अमेठी चुनाव क्षेत्रमा कांग्रेस पार्टीका अध्यक्ष राहु गान्धीलाई पराजित गरेकी स्मृति इरानीले पनि क्याबिनेट मन्त्रीको समथ लिएकी छिन् । उनी यसअघिको सरकारमा पनि शुरुमा शिक्षा र पछि स्वास्थ्य मन्त्रीका रुपमा रहेकी थिइन् ।

त्यसैगरी चर्चित मुस्लिम अनुहार मुख्तार अब्बास नकवीले पनि क्याबिनेट मन्त्रीको सपथ लिए । पछिल्लो सरकारमा उनी कल्याण मन्त्री थिए । उनले लोकसभा चुनाव लडेका थिएनन् ।

सपथ ग्रहण समारोहमा काग्रेस अध्यक्ष राहुल गान्धी, युपीए अध्यक्ष सोनिया गान्धी, पुर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि समारोहमा उपस्थित भएका थिए । समारोहमा उपस्थित हुने चलचित्र कलाकारहरुमा साहिद कपुर, कंगना रनौत लगायत प्रमुख उद्योगप िअनिल अम्बानी र उनकी पत्नी निता अम्बानी तथा समाजवादी पार्टीका वरिष्ठ नेता मुलायम सिंह यादव पनि सहभागी भएका थिए ।

जेडीयु सरकारमा नजाने
यसबीच विहारका मुख्यमन्त्री तथा जेडीयुका मुख्य मन्त्री नितिश कुमारले केन्द्र सरकारमा उनको पार्टि सहभागी नहुने बताए । केन्द्रमा यस प्रकारको सांकेतिक सहभागितामा कुनै चासो नरहेको उनले पत्रकारहरुलाई बताए । जेडियुलाई क्याबिनेटमा एक पदको प्रस्ताव गरिएको थिया, जसमा उसको असन्तुष्टी रहेको थियो ।