पर्यटकीय गन्तव्यको प्रचार गर्न एसियन रेजिलिएन्स समिट हुँदै


काठमाडौं, (नेस)
नेपाल सुरक्षित गन्तव्य भएको प्रचारप्रसार गर्नको लागि नेपालमा पहिलोपटक एसियन रेजिलिएन्स समिट–२०१९ काठमाडौंमा आयोजना हुने भएको छ ।भूकम्पपछि नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वलाई प्रवाह गर्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एन्ड टुरिजम रेजिलिएन्स काउन्सिल, संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) स“गको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समिट विभिन्न महादेशमा सफलताका साथ सम्पन्न भएको रेजिलिएन्स समिटको एसियाको पहिलो संस्करण नेपालमा हुन लागेको हो । समिट जेठ १७ र १८ गते हुनेछ ।

सो सम्मेलनले नेपालको पर्यटन क्षेत्रले भूकम्पपश्चात गरेको पुनःस्थापनको नमूना प्रस्तुत गरी विश्वभरीका प्रख्यात पर्यटन क्षेत्रका हस्तीको सञ्जाल तथा ज्ञान, अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नेछ ।

सम्मेलनले नेपालले विभिन्न आर्थिक, राजनीतिक, प्राकृतिक तथा मानवीय कारणले भएका परिवर्तनका माझ पुनःस्थापना गर्न सक्नुका रणनीतिबारे छलफल हुनका साथै दिगो विकासका लागि विश्वव्यापी साझेदारीको अवसर प्रदान गर्नेछ । तीन सयभन्दा बढी सरोकार भएका विज्ञ सम्मिलित सम्मेलनमा ३० वटा पर्यटनस“ग सम्बन्धित विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनले नेपालले विभिन्न आर्थिक, राजनीतिक, प्राकृतिक तथा मानवीय कारणले भएका परिवर्तनको जानकारी गराइने छ ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सम्मेलन नेपालमा आयोजना हुनुले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धनका साथै व्यवसायीलाई दिगो पर्यटन विकास तथा उत्थानशीलताका लागि प्रेरित गर्नेे विश्वास व्यक्त गर्नुभयो ।

रेजिलिएन्स समिट नेपालमा आयोजना हुनु गौरबको विषय भएको उल्लेख गर्दै बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले भूकम्प पश्चात नेपालको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्केको सन्देश विश्वमाझ दिन र पु¥याउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतको प्रख्यात मिडिया जेकब मिडिया ग्रुपद्वारा सञ्चालित रेजिलिएन्स काउन्सिलले रिसाइलेन्स तथा पर्यटन क्षेत्रका विज्ञलाई अनुभव आदा प्रदान र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने जनाइएको छ ।

काउन्सिलका संस्थापक सदस्य तथा जेकब मिडियाका ग्रुप विजिनेस डेभलपमेन्ट निर्देशक डेनियला बाग्नरल नेपालमा आयोजना गर्न पाएकोमा गर्व लागेको बताउनुभयो ।
विश्व पर्यटन सङ्गठनका पूर्व महासचिव तलिब राइल र सोही संगठनका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक छु जिङले नेपाल विशाल सम्भावना बोकेका दुई ठूला छिमेकी मुलुक चीन र भारतबाट पर्यटनको लाभ लिने गरी दरिलो उपस्थिति जनाउनुपर्नेमा जोड दिनुभयो ।

पाटाका प्रमुख कार्यकारी अधिकृत अध्यक्ष मारियो हार्डडेले अप्ठ्यारोलाई चिर्दै नेपालले विश्वलाई सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन फलदायी हुने बताउनुभयो ।