यो दुई धारको बजेट हो: अर्थमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत तत्कालीन आवश्यकता पूरा गरेर दीर्घकालीन रणनीतिको जग बसालेको बताउनुभएको छ । बिहीबार अर्थ मन्त्रालय आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७६÷०७७ को बजेटका बारेमा समीक्षा गर्दै उहा“ले सो कुरा बताउनुभएको हो ।

त्यसक्रममा अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षका लागि आफूले दुई धारको बजेट ल्याएको समेत बताउनुभयो । आगामी आर्थिक वर्षका निम्ति आफूले लोकप्रिय बजेट ल्याएको स्वीकार गर्दै तत्कालका आवश्कता पूरा गर्ने खालका कार्यक्रम समेटिएको एउटा धार र दीर्घकालीन विकासका रणनीतिको जग बसाल्ने खालको कार्यक्रम समेटिएको अर्को धार गरी दुई धारबाट बजेट निर्माण गरिएको उहा“को धारणा छ ।

‘हामीलाई मौलिक हकलगायत तत्कालका आवश्यकता पूर्तिका लागि त्यहीअनुसारका कार्यक्रम आवश्यक थिए । त्यहा“हामीले छोटो समयमा जनताका आवश्यकताहरु परिपूर्ति गर्ने खालका आयोजना रोज्यौं भने अर्कोतर्फ दीर्घकालीन विकास र त्यसका रणनीतिहरु समेटेको आयोजना तथा कार्यक्रम पनि स“गै ल्याएका छौं ।’ अर्थमन्त्री खतिवडाले भन्नुभयो।

चालू आर्थिक वर्षको बजेटपछिको प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री खतिवडाले आफूले पूर्णरूपमा जनताको अनुहार पढ्ने खालको बजेट ल्याएको बताउनु भएको छ ।

सरकारले आगामी बजेटमा पूर्वाधार विकासमा जोड दिएको बताउनु भएको छ । स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा यो वर्ष ठूलो बजेट छुट्याइएको बताउ“दै अर्थमन्त्री खतिवडाले वीर अस्पतालजस्ता ठूला अस्पतालको संरचना निर्माणमा बजेट लगाइएको दाबी गर्नुभयो ।

आगामी आर्थिक वर्षका लागि छरिए बजेट आएको भन्दै भएको आलोचनालाई अर्थमन्त्री खतिवडाले खण्डन गर्नु भएको छ ।उहा“ले बजेट छुट्याएका विभन्नि शीर्षकबाट प्रतिफल प्राप्त हुनेमा आफू विश्वस्त रहेको पनि दाबी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले सडक, विमानस्थल र पुल जस्ता पूर्वाधारको विकासमा सरकार केन्द्रित रहेर बजेट विनियोजन गरेको समेत उल्लेख गर्नुभयो । उहा“ले गौतम बुद्ध विमानस्थल, पोखरा विमास्थल जस्ता ठूला विमास्थलको निर्माण एक वर्षभित्र सक्ने गरी बजेट छुट्टाएको उल्लेख गर्दै सडक पूर्वाधारमार्फत उत्तर–दक्षिण नाका पनि जोडिने बताउनुभयो ।

उहा“ले ओलाङचुङगोल, किमाथांका, गोरखाको नाकासम्म सडक पूर्वाधार पु¥याएर उत्तरी छिमेकीस“ग जोडिने बताउनुभयो । काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम तीव्र गतिमा भइरहेको बताउ“दै अर्थमन्त्री खतिवडाले डीपीआरका कारण आयोजनाको काम नरोकिने दाबी समेत गर्नुभयो ।

पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाउने, रेल बनाउने, हवाईजहाज कुदाउने, अन्तर्देशीय पानीजहाज पनि कुदाउने, अनि शिक्षा, स्वास्थ्य र प्राविधिक शिक्षा अघि बढाउने, स्टार्ट बिजनेस अघि बढाउने कार्यक्रम ल्याएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानी आयोजना र तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुन नसक्दा चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुन नसकेको धारणा राख्नुभयो । आगामी आर्थिक वर्षका लागि सरकारले ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरको आधार पनि तामाकोसी र मेलम्ची नै रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

बजेट प्रस्तुत गरिएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक वर्षको बजेटभन्दा फरक किसिमको बजेट आएको र अर्थमन्त्री ‘यु टर्न’ भएको विश्लेषणप्रति टिप्पणी गर्दै भन्नुभयो–‘गत वर्ष तपाईंले घर बनाउन जग खन्दै गर्दा हेर्नु भएको थियो । त्यो बेला हामी तलतिर जा“दै थियौं । यसपटक त्यसमा घर बनाउन थाल्यौं अर्थात् माथि आउं“दै गरेको देख्दा उल्टो जस्तो लाग्यो होला ।

तर, यथार्थमा यो नै सुल्टो हो ।’ पत्रकार सम्मेलनमा अर्थमन्त्रीले आयातमा आधारित राजस्व प्रणालीलाई उत्पादनमा आधारित बनाएको उल्लेख गर्दै सांसदमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकासको ६ करोड रुपिया“ पनि विकास निर्माणमा खर्च हुने दाबी गर्नुभयो । जनप्रतिनिधिलाई विकास निर्माणस“ग नजिक राख्नका निम्ति उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।