महासंघ र मिलेनियल इण्डिया अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स सम्झौता


काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर ३ र भारतको मिलेनियल इण्डिया अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, इण्डष्ट्रिज एन्ड एग्रिकल्चरबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष भवानी राणाको उपस्थितिमा भएको सो कार्यक्रममा महासंघको प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इण्डिया अन्तर्राष्ट्रिय चेम्बरका अध्यक्ष एम्बेस्डर अनिल त्रिगुनायतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमतिपत्र ६ वटा बु“ंदामा समेटिएको छ । आपसी सहमति अनुसार आवश्यक व्यावसायिक सूचनाको आदान प्रदान गर्ने, सहयोग प्रवद्र्धन गर्ने, कृषि क्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका क्रियाकलाप गर्ने, पालैपालो एक अर्का देशमा व्यावसायिक भेटवार्ता गर्ने, व्यावसायिक भ्रमणको आदान प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुह“ुंदै महासंघका अध्यक्ष राणाले दुई देशबीचको व्यावसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तारसहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमति कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । यसका लागि दुवै संस्थाले सहमतिपत्रमा उल्लेखित बु“दालाई अक्षरश लागू गर्नुपर्ने सुझावसहित सफलताको कामना गर्नुभयो ।

भारतीय राजदूतावासका वाणिज्य सचिव कपिलध्वजप्रताप सिंहले दुवै देशका उवासंघहरू बीच भएको सहमतिको स्रहाना गर्नुहु“ंदै यसले आपसी सम्बन्धलाई मजवुद बनाउनुको साथै थप उचाईमा पु¥याउने विश्वास प्रकट गर्नुभयो ।

मिलेनियल इण्डिया अन्तर्राष्ट्रिय चेम्बरका अध्यक्ष त्रिगुनायतले दुवै संस्थाबीचको सहमतिलाई ऐतिहासिक भन्दै सहमतिका बु“दाहरूलाई अक्षरश कार्यान्वयन गर्ने र नेपाली समकक्षी संस्थासंगको सहकार्यमा आगामी दिनमा विभिन्न कार्यक्रमहरू गर्दै जाने विश्वास दिलाउनुभयो ।

भारतको भोपालमा हालै इण्डिया–नेपाल विजनेस समिटको आयोजना भएको छ । भारतस्थित नेपाली दूतावास तथा पीएचडी चेम्बर अफ कमर्स एन्ड इण्डट्रिजको आयोजित उक्त कार्यक्रममा क्षेत्रीय आर्थिक वृद्धिलाई तीव्रता प्रदान गर्ने रोडम्यापका बारेमा छलफल भएको थियो ।